तीव्र विकासका लागि राजनीतिक स्थायित्व अपरिहार्य : महासचिव पोखरेल

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकको तीव्र विकासका लागि राजनीतिक स्थायित्व अपरिहार्य रहेको बताउनुभएको छ ।

ललितपुर, च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बुधबार आयोजित पार्टी प्रवेश कार्यक्रममा उहाँले अझै पनि अहिलेको विकास पद्दतिबाट सन्तुष्ट हुन नसकिने भएकलो मुलुकको तीव्र विकासका लागि राजनीतिक स्थायित्व अपरिहार्य रहेको बताउनुभयो । उहाँले स्थायित्वका लागि राजनीतिक ध्रुवीकरण आवश्यक रहेकोसमेत बताउनुभयो ।

महासचिव पोखरेलले मुलुकको सामाजिक र आर्थिक रूपान्तरणको नेतृत्व गर्नसक्ने सामथ्र्य एमालेसँग मात्र रहेको धारणा राख्नुभयो । “मुलुकमा सामाजिक, आर्थिक परिवर्तन ल्याउने र ल्याउनसक्ने सामथ्र्य भएको पार्टी नेकपा एमाले मात्र हो, आज पार्टी प्रवेश गर्नुको अर्थ सही पार्टीको छनोट गर्नु हो”, उहाँले भन्नुभयो ।

महासचिव पोखरेलले विगतमा देशमा भएका अधिकांश महत्त्वपूर्ण रूपान्तरणको नेतृत्व एमालेको नेतृत्वमा भएको बताउनुभयो । उहाँले २०८४ सालको निर्वाचनलाई लक्षित गर्दै अगाडि सारिएको मिसन–२०८४ लाई सफल बनाउन नवप्रवेशीको सहभागिता महत्त्वपूर्ण हुने विश्वास बताउनुभयो ।

कार्यक्रममा विभिन्न दलहरूमा आबद्ध ३८ जना एमालेमा प्रवेश गर्नुभएको छ ।

सम्बन्धित समाचार