क्रिकेटर ललित राजवंशीलाई मातृशोक

क्रिकेटर ललित राजवंशीलाई मातृशोक परेको छ । उनकी आमा शुभो राजवंशीको आइतबार ६३ वर्षको उमेरमा निधन भएको हो ।

लामो समयदेखि मुटुसम्बन्धी रोगबाट पीडित उनको विराटनगर महानगरपालिका-१४ स्थित घरमा निधन भएको हो । आमाको निधनपछि ललितले सामाजिक सञ्जालको स्टोरीमा ‘आई एम सो सरी मामु’ लेखेका छन् ।

ललितको आमाको निधनप्रति नेपाल क्रिकेट संघ क्यानले सामाजिक सञ्जालमार्फत दुःख प्रकट गरेको छ । शुभो राजवंशीका तीन छोरा र एक छोरी छन् । ललित उनको कान्छा छोरा हुन् ।

सम्बन्धित समाचार