सुनको मूल्य घट्यो, आज कति पुग्यो तोलाको ?

अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य घटेको छ । त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । आइतबारको तुलनामा आज एक तोला सुनको मूल्य रु एक हजार एक सयले घटेको हो ।

यता चाँदीको मूल्य पनि रु १५ ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु एक लाख ९८ हजार १०० कायम भएको छ । आइतबार सुनको मूल्य तोलामा एक लाख ९९ हजार २०० रुपैयाँ कायम भएको थियो ।

आज चाँदी भने प्रतितोला रु दुई हजार ३१५ मा कारोबार भइरहेको छ । आइतबार चाँदीको मूल्य दुई हजार ३३० मा कारोबार भएको महासंघले जनाएको छ ।

सम्बन्धित समाचार