

अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य सामान्य बढेको छ । त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । आइतबारको तुलनामा आज एक तोला सुनको मूल्य रु आठ सयले बढेको हो ।
यता चाँदीको मूल्य पनि रु ५ ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु एक लाख ९६ हजार ३०० कायम भएको छ । आइतबार सुनको मूल्य तोलामा एक लाख ९५ हजार ५०० रुपैयाँ कायम भएको थियो ।
आज चाँदी भने प्रतितोला रु दुई हजार ३१५ मा कारोबार भइरहेको छ । आइताबत चाँदीको मूल्य दुई हजार ३१० मा कारोबार भएको महासंघले जनाएको छ ।
