

अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य घटेको छ । त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । सोमबारको तुलनामा आज एक तोला सुनको मूल्य रु एक हजार दुई सयले घटेको हो ।
यता चाँदीको मूल्य पनि रु १५ ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु एक लाख ९५ हजार १०० कायम भएको छ । सोमबार सुनको मूल्य तोलामा एक लाख ९६ हजार ३०० रुपैयाँ कायम भएको थियो ।
आज चाँदी भने प्रतितोला रु दुई हजार ३०० मा कारोबार भइरहेको छ । सोमबार चाँदीको मूल्य दुई हजार ३१५ मा कारोबार भएको महासंघले जनाएको छ ।
