नवकान्तिपुर संवाददाता
काठमाडौं, १५ भदौ ।


सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । स्थानीय बजारमा शुक्रबारको तुलनामा आज सुनचाँदीको मूल्य तोलामा रु तीन हजारले वृद्धि भएको छ भने त्यति नै परिमाणको चाँदी रु ६५ ले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख तीन हजार ६०० निर्धारण भएको छ । त्यति नै परिमाणको चाँदी रु दुई हजार ४२५ मा खरिदबिक्री भइरहेको छ ।
गत शुक्रबार एक तोला सुन रु दुई लाख६०० मा किनबेच भएको थियो भने त्यति नै परिमाणको चाँदी रु दुई हजार ३६० मा क्रयविक्रय भएको थियो ।

