नवकान्तिपुर संवाददाता
काठमाडौं, ३१ भदौ ।


राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय सभाको चालु अधिवेशन मङ्गलबारदेखि अन्त्य गर्नुभएको छ ।
राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा मङ्गलबार राति १२ बजेदेखि राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य गर्नुभएको हो ।
‘सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८२/०५/३० को सिफारिसमा राष्ट्रिय सभाको चालु अधिवेशन संवत् २०८२ साल भदौ ३१ गते मङ्गलबार राती १२ः०० बजेदेखि अन्त्य गर्नुभएको छ,’ प्रवक्ता प्रदीप कुमार कोइरालाद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्ति-
