सुनको मूल्य घट्यो, आज कति पुग्यो तोलाको ?

अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य सामान्य घटेको छ । त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । मंगलबारको तुलनामा आज एक तोला सुनको मूल्य रु एक हजारले घटेको हो ।

यता चाँदीको मूल्य पनि रु ४५ ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख १६ हजार १०० कायम भएको छ । मंगलबार सुनको मूल्य तोलामा दुई लाख १७ हजार १०० रुपैयाँ कायम भएको थियो ।

आज चाँदी भने प्रतितोला रु दुई हजार ५५० मा कारोबार भइरहेको छ । मंगलबार चाँदीको मूल्य दुई हजार ५९५ मा कारोबार भएको महासंघले जनाएको छ ।

सम्बन्धित समाचार