सुनको मूल्य घट्यो, आज कति पुग्यो तोलाको ?

अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य सामान्य घटेको छ । त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । बुधबारको तुलनामा आज एक तोला सुनको मूल्य रु नौ सयले घटेको हो ।

यता चाँदीको मूल्य पनि रु ३० ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख १५ हजार २०० कायम भएको छ । बुधबार सुनको मूल्य तोलामा दुई लाख १६ हजार १०० रुपैयाँ कायम भएको थियो ।

आज चाँदी भने प्रतितोला रु दुई हजार ५३० मा कारोबार भइरहेको छ । बुधबार चाँदीको मूल्य दुई हजार ५५o मा कारोबार भएको महासंघले जनाएको छ ।

सम्बन्धित समाचार