सुनको मूल्यमा पुन: नयाँ कीर्तिमान, आज कति पुग्यो तोलाको ?

सुनको मूल्यले पुन: नयाँ कीर्तिमान बनाएको छ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको हो ।

सोमबार प्रतितोला रु दुई लाख १७ हजार ८०० मा कारोबार भएको सुनको मोल आज रु तीन हजार ९०० ले बढेर रु दुई लाख २१ हजार ७०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यता चाँदीको मूल्य पनि तोलामा रु १० ले बढेको छ । आज एक तोला चाँदी रु दुई हजार ६८० मा किनबेच भइरहेको छ । सोमबार चाँदी तोलामा दुई हजार ६६० रुपैयाँ कायम भएको थियो ।

सम्बन्धित समाचार