सुनको मूल्यमा पुन: नयाँ कीर्तिमान, आज कति पुग्यो तोलाको ?

सुनको मूल्यले पुन: नयाँ कीर्तिमान बनाएको छ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको हो ।

शुक्रबार प्रतितोला रु दुई लाख २२ हजार ५०० मा कारोबार भएको सुनको मोल आज रु सात सयले बढेर रु दुई लाख २३ हजार २०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यता चाँदीको मूल्य पनि तोलामा रु ७० ले बढेको छ । आज एक तोला चाँदी रु दुई हजार ८१० मा किनबेच भइरहेको छ । शुक्रबार चाँदी तोलामा दुई हजार ७४० रुपैयाँ कायम भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार सय ७५९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

सम्बन्धित समाचार