सुनको मूल्य हालसम्मकै उच्च, आज कति पुग्यो तोलाको ?

स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला रु दुई लाख ४८ हजार ५०० र चाँदी प्रतितोला रू तीन हजार २२५ मा खरिदबिक्री हुनेछ ।

हिजो सोमबार सुन प्रतितोला रू दुई लाख ४० हजार ४०० र चाँदी प्रतितोला रू तीन हजार २२० मा किनबेच भएको थियो । आज मंगलबार एकैदिन सुनको मूल्य प्रतितोला ८ हजार १०० रुपैयाँले बढेको हो ।

सम्बन्धित समाचार