मृत अवस्थामा छ जना फेला

देशका विभिन्न स्थानबाट मृत अवस्थामा छ जना फेला परेका छन् । दाङको घोराही उपमहानगरपालिका-७ बेलहरी बस्ने ४० वर्षीय दिल बहादुर चौधरी घर नजिकै रहेको कुलोमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

त्यस्तै पर्साको वीरगंज महानगरपालिका-२८ बगही सितुवार टोल छठीघाटको पोखरीमा बारा, विश्रामपुर गाउँपालिका-५ मुसरवा बस्ने कनही शाहको छोरा १२ वर्षीय शनि कुमार साह शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

यस्तै झापाको कमल गाउँपालिका-२ सगरमाथा टोलस्थित गाई गोठमा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ६० वर्षीय पुरूष शुक्रबार मृत अवस्थामा फेला परेका छन् । यता काठमाडौंको टोखा नगरपालिका-८ बानियाटार हाईट डेरा गरी बस्ने नुवाकोट सूर्यगढी गाउँपालिका-५ घर भएका २५ वर्षीया मिना माझी आफ्नै कोठामा बिहीबार मृत अवस्थामा फेला परेकी छिन् ।

यसैगरी काठमाडौं, किर्तीपुर नगरपालिका-९ नयाँबजार डेरा गरी बस्ने इलाम देउमाई नगरपालिका-३ मंगलबारे घर भएका २८ वर्षीय मिलन दाहाल आफ्नै कोठामा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

उता नवलपरासी पूर्व, मध्यबिन्दु नगरपालिका-१० बैङरोड बस्ने ९० वर्षीय डुलानाथ ढुङगाना सोही ठाउँस्थित अरूणखोलामा बिहीबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार