नवकान्तिपुर संवाददाता
काठमाडौं, २६ कात्तिक ।


३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा इलाम नगरपालिका- ५ ओर्खे मन्दिरडाँडा बस्ने २७ वर्षीय मनोज बुढाथोकीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
मनोजले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

