नवकान्तिपुर संवाददाता
काठमाडौं, २६ कात्तिक ।


काठमाडौंका दुई स्थानबाट विभिन्न धनमाल चोरी भएको छ । काठमाडौंको तारकेश्वर नगरपालिका-४ पुरानोगुहेश्वरी रातोपुल डेरा गरी बस्ने चन्द्रागिरी नगरपालिका-४ थानकोट घर भएका ३५ वर्षीय रितेश लामाको कोठाबाट सुनका विभिन्न गरगहना र नगद समेत गरी करिब ६ लाख २८ हजार रूपैयाँ बराबरको धनमाल मंगलबार दिउँसो चोरी भएको छ ।
यसैगरी काठमाडौं महानगरपालिका-५ हाडीगाउँ डेरा गरी बस्ने मोरङ रंगेली नगरपालिका-४ घर भएका ४८ वर्षीय भीम कुमारी बानियाको कोठाबाट सुनका गरगहना र मोबाइल १ थान गरी करिब २ लाख ६० हजार रूपैयाँ बराबरको धनमाल मंगलबार साँझ चोरी भएको छ ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
