मृत अवस्थामा चार जना फेला

देशका विभिन्न स्थानबाट मृत अवस्थामा चार जना फेला परेका छन् । काठमाडौंको टोखा नगरपालिका-११ बानियाटार पुलनजिक रहेको टहरामा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ४२ वर्षीय पुरूष शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

त्यस्तै सिरहाको लहान नगरपालिका-११ पडरियास्थित नहरमा सोही ठाउँ बस्ने २६ वर्षीया सुनिता चौधरी शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् । यस्तै भक्तपुरको सूर्यविनायक नगरपालिका-४ दधिकोट र मध्यपुर थिमी नगरपालिका-४ बिचको हनुमन्ते खोलामा भक्तपुर कटुञ्जे बस्ने ओखलढुंगा चम्पादेवी गाउँपालिका-१० रानीवन घर भएका ४० वर्षीय राम कृष्ण बराईली शनिबार मृत अवस्थामा फेला परेका छन् ।

उता बैतडी, दशरथचन्द नगरपालिका-४ बबेतस्थित गोरेटो बाटोमा सोही नगरपालिका- ९ बस्ने ४० वर्षीय कपिल जोशी शनिबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार