नवकान्तिपुर संवाददाता
काठमाडौं, २ मंसिर ।


नेपाल कम्युनिष्ट पार्टी (एमाले) महासचिव शङ्कर पोखरेलले प्रतिनिधिसभा पुनर्स्थापना गरी लोकतन्त्रलाई सही दिशामा अगाडि बढाउन सकिने धारणा राख्नुभएको छ ।
एमालेको विघटित संसदीय दलको बैठकलाई मंगलबार ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा सम्बोधन गर्दै उहाँले विगतमा सर्वोच्च अदालतले गरेका फैसला र नजिरले पनि संसद् पुनर्स्थापना आवश्यक देखिएको बताउनुभयो ।
महासचिव पोखरेलले गत भदौ २३ र २४ का ‘जेनजी’ प्रदर्शनका क्रममा षड्यन्त्रपूर्वक भएका घटनाको निष्पक्ष छानबिन हुनुपर्ने बताउनुभयो । उहाँले घटनाको निष्पक्ष र स्वतन्त्र छानबिन आयोग गठनको मागमा अडिग रहेको बताउनुभयो ।
बैठकले प्रतिनिधिसभाको पुनर्स्थापना को लागि सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्ने निर्णय गरेको थियो ।

