बुद्ध एयरको जहाजमा चरा ठोक्कियो

काठमाडौँबाट पोखराका लागि आएको बुद्ध एयरको जहाजमा चरा ठोक्किएको छ ।

पोखरा विमानस्थलमा अवतरणका क्रममा आज दिउँसो ३.४५ बजे जहाजसँग चरा ठोक्किएको बुद्ध एयर पोखरा स्टेशनका प्रबन्धक गौतम बरालले जानकारी दिनुभयो ।



चरा ठोक्किदा जहाजको ‘पपलरको ब्लेड’ अलिकति कुच्चीएको पनि जहाजका सबै यात्रु र चालक दल सुरक्षित रहेको उहाँले जानकारी दिनुुभयो ।

सम्बन्धित समाचार