नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । बुधबार नेप्से परिसूचक पाँच दशमलव शून्य तीन प्रतिशतले घटेर दुई हजार ६०९ दशमलव शून्य तीन को बिन्दुमा कायम भएको हो ।

बुधबार ३२९ कम्पनीको ८६ लाख ४७ हजार ९४८ कित्ता शेयर ९१ हजार ३९४ पटक खरिदबिक्री हुँदा रु तीन अर्ब ७३ करोड ८७ लाख ७२ हजार ३७३ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । बुधबारको कारोबारमा म्युचुअल फण्डबाहेक सबै समूहको उपसूचक घटेको छ ।

स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेड र मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको शेयर मूल्यमा बुधबार सकारात्मक सर्किट लागेको छ । सबैभन्दा बढी झापा इनर्जी लिमिटेडको शेयर मूल्य नौ दशमलव ३० प्रतिशतले घटेको छ ।

सम्बन्धित समाचार