सरकार र जेनजीका प्रतिनिधिबीचको सम्झौता सबैपक्षको सहभागितामा हुनुपर्नेमा जोड

नेपाल सरकार र जेनजीका प्रतिनिधिबीच व्यावहारिक, पारदर्शी र सबैपक्षको सहभागितामूलक सम्झौता हुनुपर्नेमा जोड दिइएको छ ।

बिहीबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा जेनजी समूहका प्रतिनिधि अजय सोडारीले बुधबार भएको सहमतिको मस्यौदामा आफूहरुको सहभागिता नभएको र आफूहरुले केवल निर्वाचनका लागि मात्रै आन्दोलन नगरेको जिकिर गर्नुभयो ।

अर्का जेनजी प्रतिनिधि रवि किरणले सहिद परिवार र युवाको आवाज सुन्न सरकारलाई आग्रह गर्नुभयो । अर्का प्रतिनिधि सरिश्मा थापाले सम्झौतामा हस्ताक्षर हुने तर कार्यान्वयन नहुने स्थितिको अन्त्य हुनुपर्ने बताउनुभयो ।

सरकार र जेनजी प्रतिनिधिबिच बुधबार १० बुँदे सहमति भएको थियो ।

सम्बन्धित समाचार