जेनजी आन्दोलनपछिको अन्यौलता : पुराना दल खुम्चिँदै तर नयाँ विकल्पको बाटो अझै अस्पष्ट

देश पछिल्ला महिनादेखि ‘जेनजी विद्रोह’को प्रभाव र त्यसले निम्त्याएको राजनीतिक-सामाजिक भूकम्पबाट सतर्क बनेको छ। भद्रगोल र अन्योलपूर्ण परिस्थितिमा उठेको यो विद्रोहले शासन, नीति निर्माण र राजनीतिक चरित्रलाई नयाँ मोड त दियो तर अहिले त्यही मोड दिशाविहीन देखिन थालेको टिप्पणी हुने गरेको छ।

तत्कालीन जेनजी आन्दोलनको उभारले बङ्गलादेशजस्ता मुलुकमा देखिएको आर्थिक अस्थिरता र सामाजिक प्रतिरोधसँग समानता देखाउँदै नेपालभित्र भ्रष्टाचार, असमानता र राज्य सञ्चालनको अपारदर्शिताविरुद्ध जनआवाज बुलन्द गर्‍यो। संवादहीनता र अस्तित्व संकटको बिन्दु पार गर्दै मुलुक नयाँ मोडमा पुग्यो। तर त्यो मोड अहिले स्थिरताभन्दा बढी भ्रम बन्नथालेको यथार्थ सतहमा देखिन थालिएको छ।

विद्रोहको मूल अडान ‘भ्रष्टाचार’ नै भए पनि, मागहरूको अनियन्त्रित विस्तारले प्रभावकारिता खुकुलो बनाइरहेको टिप्पणी हुन थालेको छ। राज्यका मूल अङ्गमा ‘नीतिगत प्रहार’ गर्न खोज्दा पुराना दलहरूको सीधा ‘काउन्टर अट्याक’ सक्रिय हुँदा विद्रोहको आयतन उचालिन नसकेको विश्लेषणकहरू बताउँछन्।

नेपालकै विश्वविद्यालय, अनुसन्धान संस्था र थिंक ट्याङ्कको कमजोरीका कारण नेतृत्व अध्ययन र सुधारको ठोस रोडम्याप बन्न नसकिरहेको अवस्थाले जेनजी मोडमा थप अनिश्चितता थपेको छ। हार्वर्ड, एलएसई, जेएनयू जस्ता संस्थाले मार्गचित्र दिन सक्ने उदाहरण दिँदै घरेलु संस्थाले किन नबन्न सक्ने ? भन्ने प्रश्न अब सतहमै उठ्न थालेको छ।

यसैबीच, विश्वका अनेक मुलुकमा देखिएका युवा-केन्द्रित सुधारवादी विद्रोह- मादागास्कर, मोरक्को र दक्षिण एसियाका अन्य मुलुकहरू, यसैप्रकारका प्रणालीगत परिवर्तनको मागबाट जन्मिएका थिए। तर, तीमध्ये कुनै पनि ‘व्यक्तिगत स्वार्थ’ वा ‘पद-सिफारिस’मा केन्द्रित थिएनन् भन्ने नेपालका विश्लेषकहरूको दावी छ ।

अर्कातर्फ, वैकल्पिक शक्ति निर्माणमा समेत जेन-जी मोडले चुनौती खेपिरहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) माथि देखिएको दोहोरो राजनीतिक आक्रमण र न्यायालयको दोहोरो मापदण्डलाई विश्लेषकहरूले जेनजी सोचको व्यावहारिक कठिनाइको उदाहरणका रूपमा लिएका छन्।

राजनीतिक समीकरणहरू पछिल्ला हप्तामा ‘रासायनिक ढङ्गले’ बदलिँदै गए पनि, पुराना दलमा युवाप्रतिको मोह र नयाँ पुस्तामा राजनीतिप्रतिको आकर्षण दुवै बढेको देखिन्छ। तर, जेनजी विद्रोहले अपेक्षित ठोस सुधारको बाटो पहिल्याउने भनेको अझै सम्भव देखिएको छैन।

प्रजातान्त्रिक सिद्धान्त नेपालमा अभ्यास हुन नसक्दा विद्रोह अनिवार्य बनेको विश्लेषकहरूको निष्कर्ष छ। विद्रोहले जनतामा राजनीतिक समानता, वैकल्पिक शासन र युवा सहभागिताप्रतिको चेतना बढाएको भए पनि सतहमा अब देखिन थालेको प्रश्न एउटै छ: जेनजी विद्रोहको बाटो कतै विरान त बन्दै छैन ?

सम्बन्धित समाचार