सुनको मूल्यमा ऐतिहासिक रेकर्ड, आज कति पुग्यो तोलाको ?

सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । स्थानीय बजारमा शुक्रबारको तुलनामा आज सुनको मूल्य तोलामा रु दुई हजार २०० ले वृद्धि भएको छ भने त्यति नै परिमाणको चाँदी भने रु ६० ले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख ५८ हजार ८०० निर्धारण भएको छ । त्यति नै परिमाणको चाँदी रु तीन हजार ८२५ मा खरिदबिक्री भइरहेको छ ।

गत शुक्रबार सुन प्रतितोला रू दुई लाख ५६ हजार ६०० र चाँदी प्रतितोला रू तीन हजार ९०५ मा किनबेच भएको थियो । यसअघि असोज ३१ गते सुनको भाउले २ लाख ५८ हजार रुपैयाँको रेकर्ड बनाएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार २९९र त्यति नै परिमाणको चाँदी ६२ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको छ ।

सम्बन्धित समाचार