सुनको मूल्य घट्यो, आज कति छ तोलाको ?

सुनचाँदीको मूल्य घटेको छ । बिहीबारको तुलनामा आज सुन तोलामा रु दुई हजार र त्यतिनै परिमाणको चाँदी रु ७५ ले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख ५८ हजार ४०० कायम भएको छ भने एक तोला चाँदीको मोल रु चार हजार ५ निर्धारण भएको छ ।

बिहीबार सुनको मूल्य प्रतितोला रु दुई लाख ६० हजार ४०० निर्धारण भएको थियो भने एक तोला चाँदी रु चार हजार ८० मा कारोबार भएको थियो ।

सम्बन्धित समाचार