बाल सुधारगृहको मर्मतमा आवश्यक सहयोग हुन्छ : मन्त्री श्रेष्ठ

सङ्घीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले बाल सुधारगृहको सुधार एवं मर्मतमा आवश्यक सहयोगको पहल गर्ने बताउनुभएको छ ।

विराटनगरको बाल सुधारगृह, बालबालिका खोजतलास प्रदेश समन्वय केन्द्र १०४, बाल हेल्पलाइन सेवा विराटनगर र पूर्वाञ्चल बालसेवा आश्रमको शुक्रबार निरीक्षणपश्चात उहाँले बाल सुधारगृहको व्यवस्थापनमा आवश्यक सहयोग गरी थप बजेटको व्यवस्थापन गर्ने बताउनुभयो ।

सो अवसरमा बाल सुधारगृहका व्यवस्थापक मिलन चौहानले बाल सुधारगृहका बारेमा मन्त्री श्रेष्ठलाई जानकारी गराउँदै गृहको क्षमता ५० जना भए पनि हाल २५४ जना सुधार गृहमा रहेकाले समस्या रहेको बताउनुभयो ।

बाल सुधारगृहमा १८ वर्षसम्मका १४१ जना छन्भने १८ वर्षभन्दा माथिका ११३ जना छन् ।

सम्बन्धित समाचार