सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता, के भयो कुराकानी ?

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

सभापति देउवा निवास महाराजगन्जमा सोमबार भएको भेटमा उहाँहरुबीच समसामयिक राजनीतिक बिषयमा कुराकानी भएको सभापति देउवाको सचिवालयले जनाएको छ । भेटमा अध्यक्ष ओलीसँग एमाले महासचिव शङ्कर पोखरेल पनि हुनुहुन्छ ।

यसअघि गत मङ्सिर १९ गते पनि सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता भएको थियो ।

सम्बन्धित समाचार