नवकान्तिपुर संवाददाता
काठमाडौं, ८ पुस ।


सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । स्थानीय बजारमा शुक्रबारको तुलनामा आज सुनको मूल्य तोलामा रु पाँच हजार ५०० ले वृद्धि भएको छ भने त्यति नै परिमाणको चाँदी रु २० ले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख ६७ हजार २०० निर्धारण भएको छ । त्यति नै परिमाणको चाँदी रु चार हजार २५५ मा खरिदबिक्री भइरहेको छ ।
सोमबार सुन प्रतितोला रू दुई लाख ६१ हजार ७०० र चाँदी प्रतितोला रू चार हजार २३५ मा किनबेच भएको थियो । अन्तरराष्ट्रिय बजारको प्रभाव र मागमा आएको परिवर्तनका कारण सुनचाँदीको मूल्यमा उतारचढाव आइरहेको छ ।
