नवकान्तिपुर संवाददाता
काठमाडौं, १० पुस ।


पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पुर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी रविलक्ष्मी चित्रकारको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ ।
डल्लुस्थित निवासमा पुगेर चित्रकारको बुधबार उहाँले चित्रकारको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको हो । पूर्वराष्ट्रपति भण्डारीले चित्रकारको स्वास्थ्यलाभको कामना गर्नुभयो ।
गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा उहाँ आफ्नै घरमा आगजनीमा परेर गम्भीर घाइते हुनुभएको थियो । चित्रकार करिब तीन महिना भारतमा उपचार गरेर यही पुस ७ गते नेपाल फर्कनुभएको थियो ।
यस अगाडि उहाँलाई भेट्न नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपाल, नेता राजेन्द्र श्रेष्ठ त्यहाँ जानुभएको पूर्वप्रधानमन्त्री झलनाथ खनालको सचिवालयले जनाएको छ ।
