नवकान्तिपुर संवाददाता
पाटन (ललितपुर), १० पुस ।


नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड दिनुभएको छ ।
सानेपास्थित पार्टी कार्यालयमा बिहीबार अपराह्न सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले मुलुकमा निर्वाचनको वातावरण बनिनसकेको बताउनुभयो । ढुक्क भएर चुनावमा जान सक्ने अवस्था सृजना भइनसकेकाले सरकार निर्वाचनको विश्वसनीय वातावरण बनाउनेतर्फ लाग्नुपर्नेमा उहाँले जोड थियो । “ निर्वाचनको विश्वसनीय वातावरण नबनेकाले संसद् पुनःस्थापनाको आवाज उठेको हो, ” उहाँले भन्नुभयो ।
उपसभापति गुरुङले सबै मिलेर निर्वाचनमा जानुपर्ने, त्यो निर्विवाद रुपमा हुनुपर्ने र निर्वाचनमा नै सरकारको अर्जुनदृष्टि हुनुपर्ने सुझाव दिनुभयो ।
