नवकान्तिपुर संवाददाता
काठमाडौं, १४ पुस ।


पछिल्ला केही दिनयता स्थानीय बजारमा बढिरहेको सुन मूल्य आज घट्दा चाँदीको मूल्य भने बढेको छ ।
आज छापावाल सुनको मूल्य प्रतितोला रु दुई लाख ७० हजार र त्यति नै चाँदीको मोल रू चार हजार ८९५ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
आइतबार छापावाल सुन प्रतितोला रु दुई लाख ७० हजार ६०० मा र चाँदी रु चार हजार ८३५ मा कारोबार भएको थियो ।
