नवकान्तिपुर संवाददाता
काठमाडौं, १५ पुस ।


पछिल्ला केही दिनयता स्थानीय बजारमा बढिरहेको सुनचाँदीक मूल्य आज ह्वात्तै घटेको छ । मंगलबार सुनको मूल्य सात हजार ९०० रुपैयाँले घट्दा चाँदीको मोल भने तीन सय पाँच रुपैयाँ घटेको हो ।
आज छापावाल सुनको मूल्य प्रतितोला रु दुई लाख ६२ हजार १०० र त्यति नै चाँदीको मोल रू चार हजार ५९० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
सोमबार छापावाल सुन प्रतितोला रु दुई लाख ७० हजारमा र चाँदी रु चार हजार ८९५ मा कारोबार भएको थियो ।
