वीरेन्द्रनगरमा किशोरकिशोरी मृत फेला

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–४ भैरवस्थान सामुदायिक वनमा बुधबार दुई जना मृत अवस्थामा फेला परेका छन् ।

मृत अवस्थामा फेला पर्नेमा चामुण्डा बिन्दासैनी नगरपािलका–३ दैलेख निवासी १९ वर्षीया सुनिता भण्डारी र ठाटिकाँध गाउँपालिका–२ दैलेख निवासी १७ वर्षीय सुरेन्द्र थापा रहेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकृत श्यामप्रकाश यादवले जानकारी दिनुभयो ।

बुधबार बिहान दाउरा काट्न गएका स्थानीयले रुखमा झुन्डिएको देखेर सहिद पार्कस्थित अस्थायी प्रहरी बिट सुर्खेतलाई जानकारी गराएका थिए । प्रहरीले रितपूर्वक घटनास्थल मुचुल्कालगायत प्रारम्भिक कार्य गरी दुवैको शव परीक्षणका लागि कर्णाली प्रदेश अस्पताल कालागाउँमा राखिएको छ ।

सम्बन्धित समाचार