नेपाली कम्युनिष्ट पार्टीका संयोजक दाहाल दिल्लीमा

नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) भारतको नयाँ दिल्लीमा आयोजना हुने ‘एकता सन्देश सभा तथा साक्षात्कार कार्यक्रम’मा सहभागी हुन आइतबार साँझ त्यहाँ पुग्नुभएको छ ।

नेपाली समाज भारतको आयोजनामा सोमबार हुने उक्त कार्यक्रममा उहाँ सहभागी हुने संयोजक दाहालको सचिवालयले जनाएको छ । नेपाली समुदायबीच आपसी सद्भाव, सहकार्य र साझा भविष्यप्रतिको प्रतिबद्धतालाई अझ सुदृढ बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको नेपाली समाजका महासचिव आरबी खड्काले जानकारी दिनुभयो ।

संयोजक दाहालले त्यस कार्यक्रममा नेपाली समुदायका साझा सरोकार, नेपाल–भारत सम्बन्ध, प्रवासी नेपालीका समस्या र अवसरका साथै एकता र सहकार्यबारे समसामयिक सन्देश प्रदान गर्ने सचिवालयले जनाएको छ । दाहाल सोमबार साँझ नेपाल फर्कने कार्यक्रम छ ।



सम्बन्धित समाचार