सुनको मूल्य बढ्यो, आज कति पुग्यो तोलाको ?

पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य घटिरहेकामा रहेकामा आज दुवै धातुको मूल्य भने बढेको छ ।

आज छापावाल सुनको मूल्य प्रतितोला रु दुई लाख ६५ हजारमा र त्यति नै चाँदीको मोल रू चार हजार ६८५ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आइतबार छापावाल सुन प्रतितोला रु दुई लाख ६० हजार ४०० र त्यति नै चाँदीको मोल रु चार हजार ५०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि तोकेको मूल्य अनुसार सुन प्रतितोला चार हजार छ सय रुपैयाँले बढेको हो भने चाँदी प्रतितोला एक सय ८५ रुपैयाँले बढेको हो ।

सम्बन्धित समाचार