आफैँलाई गोली हानी मृत्यु

भक्तपुरको मध्यपुरथिमि नगरपालिका–६ थिमिमा आफैँलाई गोली प्रहार गरी सोमबार ४० वर्षीय सनिप चाम्लिङ राईको मृत्यु भएको छ ।

ब्रिटिस आर्मीबाट अवकास प्राप्त आफ्नै भिनाजुको राइफलबाट गोली हान्दा राईको मृत्यु भएको प्रारम्भिक अनुसन्धानमा खुलेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले जानकारी दिनुभयो ।

आफ्नो घरको कोठामा राईले राइफलबाट गोली हानेको र गोलीको आवाज सुनेर परिवारले घटनाबारे थाहा पाएपछि खबर गरेको उहाँले बताउनुभयो ।

घटनाबारे थप अनुसन्धान अगाडि बढाइएको प्रहरी उपरीक्षक खड्काले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार