नवकान्तिपुर संवाददाता
बैतडी, २३ पुस ।


खैरो हिरोइनसहित बैतडीमा एक नाबालिगसहित पाँच जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बलदेव बडूका अनुसार उनीहरूलाई आज पाटन बजारबाट पक्राउ गरिएको हो । उनीहरूबाट २५० मिलिग्राम खैरो हिरोइन बरामद भएको छ ।
अनुसन्धानका निम्ति अदालतबाट अनुमति लिएर अभियुक्तहरूलाई हिरासतमा लिइएको छ ।
