विद्यार्थीले बनाएको ‘मुनाल’ उपग्रह आज प्रक्षेपण हुँदै

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानले स्वदेशमा नै विकसित ‘मुनाल’ नामक उपग्रह प्रक्षेपणको तयारी पूरा गरेको छ । उच्च माध्यमिक तहका विद्यार्थीहरूको नेतृत्वमा निर्माण गरिएको यो उपग्रह नेपालको अन्तरिक्ष प्रविधि विकास यात्रामा ऐतिहासिक उपलब्धिका रूपमा लिइएको छ ।

नेपालको पहिलो स्पेस सिस्टम प्रयोगशालामा दुई वर्ष लगाएर तयार गरिएको मुनाल उपग्रह वनस्पति अनुगमन, स्वदेशी प्रविधि परीक्षण तथा कृत्रिम बौद्धिकतामा आधारित ‘डाटा’ प्रशोधनका लागि प्रयोग गरिनेछ ।



उपग्रहको सञ्चालन ललितपुरको खुमलटारस्थित ग्राउन्ड स्टेसनबाट गरिने नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानका सचिव डा रवीन्द्रप्रसाद ढकालले मुनाल उपग्रह ‘आइएसआरओ’को ‘एसएलभी–सिक्स टू’ पनि ‘रकेट’मार्फत ‘राइडसेयर पेलोड’ का रूपमा आज बिहान १०:१७ बजे (भारतीय समय) अर्थात् नेपाल समयअनुसार १०:३२ बजे प्रक्षेपण हुनेछ भन्ने जानकारी गराउनुभयो ।

ढकालले भन्नुभयो- ‘यो प्रक्षेपण भारतको श्रीहरिकोटास्थित सतीश धवन अन्तरिक्ष केन्द्रबाट गरिनेछ ।’

सम्बन्धित समाचार