नवकान्तिपुर संवाददाता
पाटन (ललितपुर), २९ पुस ।


नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बुधबार बस्ने भएको छ ।
पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिनुभएको जानकारी अनुसार केन्द्रीय कार्यसमितिको बैठक भोलि बिहान ८ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ ।
उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको उहाँले जानकारी गराउनुभयो ।
मंगलबार ११ बजेका लागि बोलाइएको बैठक दिउँसो १ बजेका लागि सारिएको भए पनि केही छलफल र तयारी आवश्यक भएकोले भोलिका लागि सारिएको उहाँले जानकारी दिनुभयो ।

