एमाले सचिवालय बैठक जारी

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सचिवालय बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालय ललितपुर, च्यासलमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा दिउँसो तीन बजेदेखि बैठक जारी रहेको केन्द्रीय कार्यालय सचिव डा भिष्म अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार बैठकमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पार्टीका उम्मेदवारबारे छलफल भइरहेको छ । “जिल्ला हुँदै प्रदेश कमिटीले केन्द्रमा उम्मेदवारको नाम सिफारिस गरेका छन्, ती नाममा पार्टीका शीर्ष नेताहरूले छलफल गरिरहनुभएको छ”, डा अधिकारीले भन्नुभयो ।

निर्वाचनका लागि यही माघ ६ गते उम्मेदवार मनोनयन गर्नुपर्ने भएकाले एमालेले आजै उम्मेदवारको टुङ्गो लगाउने गरी छलफल गरिरहेको जनाइएको छ ।

सम्बन्धित समाचार