बालेनद्वारा रास्वपामा पदबहाली

काठमाडौँ महानगरपालिकाको प्रमुखबाट राजीनामा दिनुभएका बालेन्द्र शाह ‘बालेन’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को वरिष्ठ नेताको पदबहाली गर्नुभएको छ ।

आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उम्मेदवारी दिन लाग्नुभएका शाहले आज महानगरपालिकाको उपप्रमुख सुनिता डङ्गोललाई राजीनामा बुझाएर रास्वपामा औचारिक रूपमा पदबहाली गर्नुभएको हो ।

रास्वपाको केन्द्रीय कार्यालय बनस्थली पुग्नुभएका शाहले रास्वपा सभापति रवि लामिछानेसँगै घण्टीघरमा रहेको घण्टी बजाउनुका साथै आफ्नो पदबहाली गर्नुभएको हो ।

सम्बन्धित समाचार