अध्यक्ष ओलीद्वारा जेनजी आन्दोलनमा क्षतिग्रस्त संरचनाको निरीक्षण

पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त संरचनाको आज निरीक्षण गर्नुभएको छ ।

झापा–५ मा आज उम्मेदवारी मनोनयनका लागि पुग्नुभएका अध्यक्ष ओलीले गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा आगजनी गरिएको इलाका प्रहरी कार्यालय दमक र दमक नगरपालिकाको निरीक्षण गर्नुभएको हो ।

निरक्षणका क्रममा उहाँले स्थानीय जनप्रतिनिधि, सुरक्षा निकायका अधिकारी तथा पार्टी कार्यकर्तासँग छलफल गर्नुभएको पार्टीका जिल्ला अध्यक्ष प्रेम गिरीले जानकारी दिनुभयो । उहाँले प्रतिनिधिसभाको निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गर्नु भएको छ ।

सम्बन्धित समाचार