कांग्रेस मुख्यसचिव पौडेलद्वारा राजीनामा

नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आफ्नो पदबाट राजीनामा दिनुभएको छ । राष्ट्रियसभा सदस्यसमेत रहनुभएका उहाँले बिहीबार पदबाट राजीनामा दिनुभएको पार्टी कार्यालयले जनाएको छ ।

कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट नयाँ कार्यसमिति चयन भएपछि पौडेलल मुख्यसचिव पदबाट राजीनामा दिनुभएको बताइएको छ । तत्कालीन महामन्त्री गगनकुमार थापाको सभापतित्वमा यही माघ १ गते नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन भएको थियो ।

उक्त कार्यसमितिको बैठक पहिलो पटक शुक्रबार केन्द्रीय कार्यालय सानेपामा बस्ने तय भएको छ ।

सम्बन्धित समाचार