ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु, बुबा घाइते

दाङको घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु भएको छ भने बुबा घाइते भएका छन् ।

घोराही–लमही सडकखण्डअन्तर्गत घोराही उपमहानगरपालिका–१५ स्थित भिङ्ग्रेली भिलेज होटेल नजिकै आइतबार लमहीबाट घोराहीतर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००२ ख २५८० नम्बरको ट्रकले लमहीतर्फ जाँदै गरेको रा५प ३६३९ नम्बरको स्कुटरलाई ठक्कर दिँदा लमही–६ का २२ अङ्कित चौधरीको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते चौधरीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रेशम बोहोराले जानकारी दिनुभयो ।

उहाँका अनुसार दुर्घटनामा मृतक अङ्कित चौधरीका बुबा स्कुटर चालक लमही–६ का ५३ वर्षीय इन्द्रबहादुर चौधरी घाइते हुनुभएको छ । घाइते चौधरीको दाहिने खुट्टा र बायाँ हातको औँलामा चोट लागेको छ ।

प्रहरीले ठक्कर दिने ट्रक चालक बैतडीको डिलासैनी गाउँपालिका–५ का ४२ वर्षीय राजु साउदलाई घोराही उपमहानगरपालिका–३ गोग्लीबाट नियन्त्रणमा लिएको छ ।

सम्बन्धित समाचार