दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा

मेडिकल व्यवसायी दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा हुनुभएको छ ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँको आदेशआइतबार अनुसार आज प्रसाईं हाजिरी जमानीमा रिहा हुनुभएको नेपाल प्रहरीको केन्द्रीय साइबर ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दीपकराज अवस्थीले राससलाई जानकारी दिनुभयो ।

शुक्रबार काठमाडौँबाट पर्साको वीरगञ्जतर्फ जाँदै गरेका बेला प्रहरीले प्रसाईंलाई दक्षिणकाली नगरपालिका–चाल्नाखेल क्षेत्रबाट पक्राउ गरेको थियो ।

सम्बन्धित समाचार