नवकान्तिपुर संवाददाता
काठमाडौं, २६ माघ ।


स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आइतबारको तुलनामा दुवै धातुको मूल्य बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु तीन लाख चार हजार ६०० र त्यति नै परिमाणको चाँदीको मूल्य रु पाँच हजार २५० कायम भएको छ ।
आइतबार एक तोला छापावाल सुन रु तीन लाख ५०० र त्यति नै परिमाणको चाँदी रु पाँच हजार १० मा कारोबार भएको थियो भने शुक्रबार सुन तोलामा दुई लाख ९१ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै बिहीबार एक तोला छापावाल सुनको मूल्य रु दुई लाख ९५ हजार २०० र त्यति नै तौलको चाँदी रु चार हजार ९८० मा खरिदबिक्री भएको थियो ।
यसैगरी, गत बुधबार एक तोला छापावाल सुनको मूल्य रु तीन लाख चार हजार ७०० र त्यति नै परिमाणको चाँदीको मूल्य रु पाँच हजार ६०० कायम भएको थियो भने मङ्गलबार एक तोला छापावाल सुन दुई लाख ९० हजार ३०० र चाँदी रु पाँच हजार ३३५ मा किनबेच भएको थियो ।
