नवकान्तिपुर संवाददाता
काठमाडौं, २७ माघ ।


नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । मंगलबार नेप्से परिसूचक १० दशमलव २५ अङ्कले घटेर दुई हजार ६६२ दशमलव १४ को बिन्दुमा कायम भएको हो ।
मंगलबार ३२४ कम्पनीको दुई करोड १७ लाख १५ हजार ८६८ कित्ता शेयर ८९ हजार ८३६ पटक खरिदबिक्री हुँदा रु आठ अर्ब ६१ करोड ६४ लाख १० हजार १३२ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
मंगलबारको कारोबारमा म्युचुअल फन्ड शून्य दशमलव १९ र व्यापार समूह शून्य दशमलव ५२ प्रतिशतले बढेको छ भने अरू सबै समूहको उपसूचक घटेको छ । बैङ्किङ शून्य दशमलव ०९, विकास बैङ्क एक दशमलव १५, वित्त शून्य दशमलव ९२, होटल तथा पर्यटन शून्य दशमलव ४८, जलविद्युत् शून्य दशमलव २५ र लगानी समूह शून्य दशमलव ५४ प्रतिशतले घटेको छ ।
त्यस्तै, जीवन बीमा शून्य दशमलव ७६, उत्पादन तथा प्रशोधन शून्य दशमलव ६५, लघुवित्त शून्य दशमलव ४९, निर्जीवन बीमा शून्य दशमलव ६१ र अन्य समूह शून्य दशमलव ३५ प्रतिशतले घटेको छ ।
मंगलबारको कारोबारमा कालीञ्चोक दर्शन लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै छ दशमलव ३६ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा भने कर्पोरेट डेभलपमेन्ट बैङ्क लिमिटेडको शेयर मूल्य पाँच दशमलव २४ प्रतिशतले घटेको छ ।
कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा मंगलबार सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको रु ४५ करोड २८ लाख ४२ हजार ४९२ बराबरको १५ लाख ३० हजार ८८८ कित्ता शेयर किनबेच भएको छ ।
