नवकान्तिपुर संवाददाता
काठमाडौं, १ फागुन ।


नेकपा एमाले जिरी नगर कमिटीले आयोजना गरेको नगरस्तरीय अगुवा कार्यकर्ता भेला हालै सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रममा नगरका विभिन्न क्षेत्रका अग्रणी कार्यकर्ताहरूको उपस्थिती रहेको थियो ।
विशेष आकर्षणको रूपमा, भेला कार्यक्रममा प्रतिनिधि सभा सदस्यमा प्रत्यक्षतर्फ उम्मेदवार पार्वत गुरुङ उपस्थित भई कार्यकर्ता तथा जिरीबासी नागरिकसँग प्रत्यक्ष अन्तरक्रिया गर्नुभयो । उनले आगामी निर्वाचनका रणनीति, पार्टीको लक्ष्य तथा विकासका योजना विषयमा जानकारी प्रस्तुत गर्दै उपस्थितहरूसँग विचार-विमर्श गर्नुभयो ।
कार्यक्रममा सहभागी कार्यकर्ताहरूले पार्टीलाई सुदृढ बनाउने र आगामी निर्वाचनमा सक्रिय भूमिकामा रहने प्रतिबद्धता जनाएका छन् । साथै, नागरिकहरूसँगको अन्तरक्रियाले स्थानीय समस्याहरू र आवश्यकताहरू बुझ्न समेत योगदान पुर्याएको आयोजकहरूले बताएका छन् ।
जिरी नगर कमिटीले यस भेला मार्फत नगर स्तरमा पार्टी संगठन सुदृढ गर्ने र समुदायसँगको सम्बन्ध अझ बलियो बनाउने लक्ष्य राखेको छ ।
