राष्ट्रियसभाको १९ औँ अधिवेशन अन्त्य

राष्ट्रियसभाको १९औँ अधिवेशन अन्त्य भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ९३ को उपधारा (३) बमोजिम मन्त्रिपरिषद्को माघ २६ गतेको सिफारिसबमोजिम आज राति १२ बजेदेखि लागू हुनेगरी चालु अधिवेशन अन्त्य गर्नु भएको हो ।

राष्ट्रियसभा अध्यक्ष दाहालले आजको बैठकमा राष्ट्रपतिबाट अधिवेशन अन्त्यसम्बन्धी प्राप्त पत्रको व्यहोरा जानकारी गराउनुभयो ।

सम्बन्धित समाचार