नेपाल प्रेस इन्स्टिच्युटमा डा कपिल काफ्लेको अध्यक्षतामा नयाँ नेतृत्व चयन

पत्रकारिताको तालिम प्रदान गर्ने संस्था नेपाल प्रेस इन्स्टिच्युटको २०औँ साधारणसभाले डा कपिल काफ्लेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

कार्यसमितिको उपाध्यक्षमा निता सापकोटा, महासचिवमा श्रीमन शर्मा, कोषाध्यक्षमा अमिका राजथला चयन हुनुभएको छ । यसैगरी, कार्यसमिति सदस्यहरूमा तपानाथ शुक्ला, मन्टेश्वरी राजभण्डारी, मोहन नेपाली, गङ्गादेवी गुरुङ, वसन्त रुपाखेती, पुष्कर माथेमा र अरुण पौडेल रहनुभएको छ ।

संस्थाको आमन्त्रित कार्यसमिति सदस्यमा पूर्वअध्यक्षद्वय तीर्थ कोइराला र लक्ष्मणप्रसाद उप्रेती मनोनित हुनुभएको छ ।

सम्बन्धित समाचार