नवकान्तिपुर संवाददाता
काठमाडौं, ११ फागुन ।


आज स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको छ । आइतबारको तुलनामा आज सुन तोलामा रु तीन हजार २०० ले बढेको छ भने चाँदी रु एक सय ७० ले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु तीन लाख १३ हजार ५०० र त्यति नै परिमाणको चाँदीको मूल्य रु पाँच हजार ५९५ कायम भएको छ ।
हिजो आइतबार एक तोला छापावाल सुनको मूल्य रु तीन लाख १० हजार ३०० तथा एक तोला चाँदीको मोल रु चार हजार ८८० निर्धारण भएको थियो । अन्तर्राष्ट्रिय बजारमा भएको उतारचढावको प्रभावले नेपाली बजारमा पनि सुनचाँदीको मूल्यमा परिवर्तन भएको महासंघले जनाएको छ ।
