प्रधानमन्त्री कार्कीसमक्ष पाकिस्तानी राजदूत अवरार एच. हासमीको शिष्टाचार भेट

प्रधानमन्त्री सुशीला कार्कीसमक्ष शुक्रबार नेपालका लागि पाकिस्तानी राजदूत अवरार एच. हासमीले शिष्टाचार भेट गर्नुभएको छ ।

शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको भेटवार्तामा द्विपक्षीय हितका विविध विषयमा छलफल भएको छ । राजदूत हासमीले प्रधानमन्त्री कार्कीको नेतृत्वमा नेपालमा शान्ति सुव्यवस्था पुनःस्थापित भएको र अब निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न हुन गइरहेको भन्दै बधाइ तथा शुभकामना दिनुभयो ।

प्रधानमन्त्री कार्कीले नेपालको लोकतान्त्रिक स्थायित्वका लागि पाकिस्तानबाट प्राप्त सद्भाव र सहयोगका लागि धन्यवाद व्यक्त गर्नुभयो । बैठकपछि दुवै पक्षबाट नेपाल–पाकिस्तानको मित्रवत् सम्बन्ध, सहकार्य र साझेदारीलाई नयाँ उचाइमा पुर्याउने गरी काम गर्ने विश्वास र प्रतिबद्धता व्यक्त भएको छ ।

सम्बन्धित समाचार